अँगालो

ना. [सं. आलिङ्गन]

  1. स्नेह वा आत्मीयता जनाउन कसैलाई दुवै हातले च्यापेर आफ्नो छातीमा टाँस्ने काम; आत्मीयता वा निकटता जनाउन एकले अर्काको वा एकअर्काको काँधमा हात राख्ने काम; आलिङ्गन; अङ्कमाल; अङ्गालो।
  2. दुई हात फैलाएर च्याप्न सकिने परिमाण; बाहाँभरिको परिमाण (एक अँगालो दाउरा, एक अँगालो घाँस, अँगालाभरिको रुख इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)