अँगेरी
ना.
- चैतमा पाउलिने, पाउलो लाग्दा रातो भावको देखिने र पछि हल्का हरियो पात हुने, ल्वाङका आकारका दाना फल्ने, वस्तुभाउले पालुवा खाँदा पेट ढाडिने र त्यसको असरले मर्न पनि सक्ने वनस्पति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)