अँजुली

ना. [सं. अञ्जलि]

  1. दुई उत्ताना हत्केला जोडी औँलाहरू केही कुप्र्याएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थिति।
  2. प्रार्थना गर्दा उपर्युक्त किसिमले दुई हत्केला जोड्दा हुने मुद्रा।
  3. दुई हत्केला जोडी बनाइएको खाल्टाभरिको कुनै वस्तुको परिमाण (एक अँजुली पानी, एक अँजुली फूल इ.); अञ्जली; करसम्पुट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)