अँधेर

ना. [√ अँध्यार]

  1. प्रकाशको अभावमा वस्तुको यथार्थ ज्ञान नभए जस्तै समाजमा वा राज्यमा विवेकविचारशून्य भई अन्धकार भएको अवस्था; न्यायनिसाफ हुन नसकेको र कर्तव्य अकर्तव्य वा असलखराबको छ्यानविचार नभई जथाभाबी भएको स्थिति; विभिन्न प्रकारले भएको अन्धकारको व्याप्ति; दृष्टिविहीनता; अन्धेर (उदा.- यहाँ दिउँसै अँधेर भयो। यस्तो अँधेर सहन सकिँदैन।)। वि. २. अँधेरो; अन्धकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)