अँध्यारो

ना. [प्रा. अन्धकारो< सं. अन्धकार]

  1. प्रकाशको अभाव; उज्यालाको अभाव; मलिनता।
  2. उज्यालो नभएको; निस्तेज; उज्जर नभएको; मड्किलो। (उदा.- अँध्यारो मुख लाउनु; मन अँध्यारो हुनु; यो लुगाको रङ अँध्यारो छ इ)।) अँध्याराको काम, खोलाको गीत (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)