अंसियार
ना.
- पुर्ख्यौली सम्पत्ति वा सगोलको सम्पत्तिमा अंश पाउने अधिकार भएको व्यक्ति; अंशको हकदार; अंशको अधिकारी; अंशभागी।
- कानुनी रूपमा अंश पाउने वंशहरूको समूह, जस्तो-अंसियारबंसियार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)