अकरण

ना. [सं.]

  1. क्रियापदको करण अर्थको विपरीत निषेध अर्थ।
  2. क्रियापदको करण रूपको विपरीत निषेधात्मक रूप।
  3. वाक्यको उद्देश्यसँग सम्बन्धित विधेयको अर्थको खण्डन वा निषेध (जस्तो- करण : राम घर जान्छ; अकरणः राम घर जाँदैन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)