अङ्कित
वि. [सं.]
- कुनै कुरो जनाउनका निम्ति चिह्न लगाइएको; चिह्नित; छाप लगाइएको।
- लेखिएको; उल्लेख हुने (जस्तो-राजपत्राङ्कित)।
- चित्रित।
- गनिएको।
- तोकिएको; निर्धारित (जस्तो- अङ्कित मूल्य)। विप. अनङ्कित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)