अङ्गपतन
ना.
- शरीरका अङ्गहरू आफ्नो स्थान छोडी झर्ने वा उछिट्टिने क्रिया।
- पौराणिक पात्रहरूले मृत व्यक्तिको लास वहन गरी देशदेशान्तर डुल्दा सो लास सडी गली शरीरका अङ्गहरू झर्ने वा खस्ने प्रक्रिया। (उदा.- महादेवले काँधमा सतीदेवीको लास बोकी देशदेशान्तर डुल्दा जहाँ जहाँ सतीदेवीको अङ्गपतन भयो, त्यहाँ त्यहाँ एक एकवटा पीठ कायम भयो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)