अजहत्स्वार्था/अजहल्लक्षणा

ना. [सं.]

  1. लक्षणाका दुई भेदमध्ये कुनै शब्दले आफ्नो वाच्य अर्थलाई नछाडीकन सोही अर्थसित सम्बन्धित, भिन्न वा अतिरिक्त लक्ष्य अर्थसमेत बुझाउने एक भेद (जस्तो- 'बिरालाबाट दुध जोगाऊ' यहाँ वाच्य अर्थ बिरालाका साथै दुध खाने अन्य जीवातबाट दुध जोगाउने अर्थ लक्षित छ); उपादानलक्षणा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)