अजिमा
ना. [नेवा.]
- बुढी बज्यै।
- नेवारी संस्कृतिअन्तर्गत बालरोग पन्छाउनका निम्ति पूजा गरिने, काठमाडौँको स्वयम्भू स्तूपको देब्रेपट्टि रहेको मन्दिरकी देवी; शैवमार्गीहरूका बिच मातङ्गी नामले प्रख्यात भएकी देवी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)