अड्नु

अ.क्रि. [प्रा. अड्ड< सं. अट्ट+नु]

  1. गति बन्द हुनु; जहाँको तहीँ हुनु वा रहनु; रोकिनु; थामिनु।
  2. कुनै कुरामा अडिग रहनु।
  3. अड्डी वा अडान लिनु।
  4. गाईभैँसी आदि बाली हुने क्षणमा निश्चल रहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)