अणु बम
ना.
- विस्फोटक शक्ति भएका अणुहरूको नाभि (प्लुटोनियम र युरेनियम) को विच्छेदबाट पैदा हुने र प्रयोग गर्दा न्युट्रनबाट आणविक ऊर्जा निस्कने संहारकारी बम; अणुबाट बनाइएको, प्रहार गर्दा आणविक शक्तिले आफ्नो परिधिभित्रका समस्त वस्तुहरूलाई भस्म पार्ने र विकिरणले प्राणीहरूलाई अङ्गभङ्ग तुल्याउने बम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)