अदूरदर्शी
वि. [सं.]
- टाढा नहेर्ने वा नदेख्ने; नजिकको कुरा मात्र देख्ने वा हेर्ने; अल्पदर्शी।
- पछिको सोचविचार नगर्ने; भविष्यको कुरा नसोच्ने; तत्कालको फाइदा मात्र विचार गर्ने।
- पृष्ठभूमि वा परिणामबारे ध्यान नदिने।
- सोचसमझ नभएको; स्थूलबुद्धि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)