अधिकरण

ना. [सं.]

  1. व्याकरणका अनुसार सप्तमी विभक्ति (मा, माथि इ.) ले प्रतिनिधित्व गरेको कारक।
  2. कुनै सिद्धान्तको विवेचना गर्दा अँगालिने विषय, संशय, पूर्वपक्ष, उत्तरपक्ष र निर्णय भएको प्रकरण।
  3. प्रकरण वा शीर्षक।
  4. न्याय गर्ने संस्था; अदालत; न्यायालय।
  5. सरकारले कानुनबमोजिम कसैको सम्पत्तिउपर कायम गर्ने अधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)