अनिष्ट
वि. [सं.]
- नचाहेको; नचिताएको; मन नपरेको; अभीष्ट नभएको; इच्छाको प्रतिकूल; इच्छाविरुद्ध; इच्छाको विपरीत; इच्छा गरेभन्दा उल्टो।
- खराब; अहितकर; हानिकारक।
- अमङ्गलकारी; अशुभ (अनिष्ट ग्रह, अनिष्ट फल इ.)।
- अमङ्गल; अहित; दुर्भाग्य।
- खराबी; हानि; अशुभ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)