अनुगम
ना. [सं.]
- कुनै कुरा वा वस्तुतथ्यको अनुसरण।
- तर्कशास्त्रअनुसार वस्तुतथ्यको पर्यवेक्षणबाट निकालिएको कुनै निष्कर्ष वा मान्यता; यसरी निष्कर्ष निकाल्ने वा मान्यताको स्थापना गर्ने तार्किक प्रक्रियाको परिणाम; आगमन; अनुगमन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)