अनुरणन
ना. [सं.]
- घण्टा आदि कुनै वस्तुबाट निस्किएको ध्वनि वा आवाजको रन्को; सो ध्वनि वा आवाजको तरङ्ग।
- आघात वा घर्षणको फलस्वरूप कुनै वस्तुबाट ट्याङट्याङ आदि खिरिलो ध्वनि वा रणन पैदा हुँदा लहरस्वरूप प्रकट हुने र्याङरिङ आदि प्रतिध्वनि; रन्को।
- नाद या शब्दको लहरका क्रमबाट प्रकट भई केही समयपछि विलीन हुने वा बिलाई समाप्त हुने स्वरको मुख्य रूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)