अनुशीलन
ना. [सं.]
- कुनै कुरा वा विषयको खोजीनिती, छानबिन वा चिन्तनमनन गर्ने काम।
- कुनै ग्रन्थ, विषय, तथ्य वा समस्याका सबै अङ्गउपाङ्ग केलाई ज्यादै सूक्ष्म दृष्टिले विश्लेषणविवेचन गर्ने काम; त्यस्तो सूक्ष्म किसिमले गरिएको विश्लेषण र विवेचना।
- कुनै ग्रन्थ वा विषयको बारम्बार अध्ययन तथा अभ्यास गरी सूक्ष्मातिसूक्ष्म जानकारी प्राप्त गर्ने काम; चिन्तन; मनन; निरूपण; अध्ययन; आलोचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)