अनृण

वि. [सं.]

  1. ऋण नलागेको; रिन नभएको; रिन नलिएको; कुनै साहु नभएको।
  2. ऋणबाट मुक्त; तिर्नुपर्ने रिनजति तिरिसकेको।
  3. आफूप्रति कुनै गुन लगाउने वा उपकार गर्नेलाई आफूले पनि त्यस्तै गुन लगाई वा प्रत्युपकार गरी ऋणमुक्त भएको।
  4. ऋणत्रय वा देवऋण, पितृऋण र ऋषिऋण गरी तीन ऋण क्रमशः यज्ञयागादि, छोरो जन्माउने र कुनै चेलालाई पढाउने काम गरेर तिरी ऋणमुक्त भएको; अऋणी; उऋण; ऋणमुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)