अनैतिक

वि. [सं.]

  1. कुनै समाजमा स्वीकृत वा प्रचलित भएभन्दा विपरीत आचरण गर्ने; कुनै संस्कृतिअन्तर्गत स्विकारिएका ठिक र बेठिक आचरणसम्बन्धी मर्यादाअनुकूल नचल्ने; यसो गर्नु हुन्छ र यसो गर्नु हुँदैन भन्ने सामाजिक र वैयक्तिक आचरण वा विधिनिषेधको पालना नगर्ने; स्वीकृत नैतिक मूल्यको अनुसरण नगर्ने।
  2. नीतिअनुकूल नभएको; नीतिविरुद्ध; नीतिसङ्गत नभएको; नैतिकता नभएको। विप. नैतिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)