अन्तरा
ना. [सं.]
- कुनै गीतको पहिलो पद वा स्थायीलाई छोडी दोस्रो पद वा चरण; कुनै गीत गाउँदा गीतको बारबार दोहोरिने स्थायीले छोपिने बिचको अंश वा मध्य भाग; सो दोस्रो वा मध्यवर्ती चरण गाउने क्रिया। विप. स्थायी।
- नजिक; निकट; समीप।
- माझ; बिच; मध्य।
- रहित; विना; बाहेक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)