अन्तर्राष्ट्रिय
वि. [सं.]
- दुई वा दुईभन्दा बढी मुलुक वा राष्ट्रका बिचको; विश्वका विभिन्न राष्ट्रसँग सम्बन्धित; विभिन्न राष्ट्रहरूले भाग लिएको; विभिन्न राष्ट्रहरूमा सक्रिय व्यवहार गरिने वा प्रचलित; विभिन्न राष्ट्रहरूमा शाखा, सङ्गठन, सदस्यता, क्रियाकलाप आदि भएको।
- कुनै खास राष्ट्रको परिधिलाई नाघी सम्पूर्ण विश्व वा सिङ्गो मानवजातिसँग सम्बन्ध राख्ने; अन्तरराष्ट्रिय; अन्ताराष्ट्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)