अन्धो
वि. [सं. अन्ध+ओ]
- आँखा नदेख्ने; दुवै आँखा बन्द भएको; नेत्रहीन; अन्ध।
- विवेकबुद्धि नभएको; अज्ञानी; मूर्ख।
- मनपरी गर्ने; जथाभाबी गरेर हिँड्ने।
- मात्तिएको; उन्मत्त।
- होस नभएको; बेहोसी।
- परेलाका डिलमा आउने एक किसिमको खटिरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)