अपामार्ग
ना. [सं.]
- भुवादार पात हुने, आँख्लैआँख्ला परेका राता, हरिया तथा सेता डाँठ हुने, मञ्जरीजस्तो फूल लाग्ने र तिलका दानाजस्तो फल फल्ने एक झारविशेष; एक प्रकारको दतिवन (भाद्रशुक्ल पञ्चमी वा ऋषिपञ्चमीका दिन नारीजातिले लगाउने दतिवन।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)