अम्रिसो

ना. [सं. अवृक्ष]

  1. बाँसका जस्ता तर ठुला र लामा पात, खैरा र झुसिला झुप्पादार फूल फुल्ने र मसिना ज्वानुजस्ता गेडा लाग्ने विशेष गरी सुक्खा ठाउँ र भिरपहरा आदिमा हुने एक जातको घाँस; खरको एक जाति; अम्लिसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)