अर्थ

ना. [सं.]

  1. माने; मतलब; तात्पर्य; अभिप्राय।
  2. शब्दबाट प्रकट हुने मानवहृदयको आशय; शब्दशक्ति।
  3. अभिधा, लक्षणा र व्यञ्जनाबाट बोध हुने तात्पर्य।
  4. हेतु; निमित्त; प्रयोजन।
  5. काम; इष्ट।
  6. इन्द्रियको विषय।
  7. धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थमध्ये एक।
  8. धन; सम्पत्ति; ऐश्वर्य।
  9. विनिमयको माध्यम।
  10. मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चाँदी आदि।
  11. मूल्य निर्धारित द्रव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)