अर्धचन्द्र
ना.
- आधा मात्र देखिएको चन्द्रमा; अष्टमीका दिनमा देखिने चन्द्रमा।
- मयूरका प्वाँखमा भएको अर्धवृत्त बुट्टा; चन्द्रिका।
- स्त्रीको कुचमर्दन गर्दा स्तनमा हुने नङको चिह्न; नखक्षत।
- अर्धवृत्ताकार बाण।
- अक्षरका शिरमा लगाउने अर्धवृत्त चिह्न; चन्द्रविन्दु; जूनटिकी।
- घोक्रयाउँदा गर्धनमा लगाइने हातको मुद्रा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)