अलैँची
ना. [सं. एला]
- बेसार, पानीसरो आदिका झैँ लामा लामा ठुला पात हुने, फेदमा पहेँलो फूल फुली सुकुमेलको जस्तो, तर भटमासे रङ्को केही ठुलो कोसोभित्र मसिना गेडा लाग्ने, पानी भएको वा रसिलो ठाउँमा हुने एक खालको बोट।
- त्यसैको फल; एला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)