अस्ताउनु
अ.क्रि. [सं. अस्त+आउ+नु]
- पश्चिमपट्टिको क्षितिजमा सूर्य डुब्नु; अस्ताचलको पछाडि सूर्य नदेखिने हुनु; घाम डुब्नु।
- अस्त हुनु।
- लुक्नु; छिप्नु; गायब हुनु; अलप हुनु।
- ग्रह, नक्षत्र आदि नदेखिने हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)