आँठो

ना. [सं. अन्त्र]

  1. खेतको सानो गरो वा फोगटो छुट्टिने गरी बिचमा लगाइएको आली।
  2. सानो फोगटो।
  3. कसैका भागको खेतबारीका छेउको आली वा डिल; जग्गाजमिनको साँधसिमाना।
  4. खर वा परालको कल्ली वा मुठो।
  5. पराल आदिका डोरीको पोयो।
  6. सुर्तीको जगटा।
  7. पातको मुठो।
  8. केटाकेटीले सिन्कौली खेल्दा सिन्को लुकाउने बालुवा वा धुलाको थुप्रो।
  9. एउटै पारी बाटिने कपालको चुल्ठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)