आचार्य

ना. [सं.]

  1. व्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरु।
  2. आचारको ज्ञाता तथा वेद आदि पढाउने गुरु; अध्यापक।
  3. विशिष्ट विद्वान्।
  4. कर्मकाण्डको ज्ञाता; मुख्य पुरोहित।
  5. भाष्यकार; टीकाकार।
  6. संस्कृत परीक्षाको स्नातकोत्तर तहको एक उच्च उपाधि।
  7. ब्राह्मण जातिको एक थर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)