आदेश

ना. [सं.]

  1. कुनै काम, कारबाईका बारेमा मन्त्री वा उच्च अधिकारीबाट दिइने निकासापुकासा वा निर्णयसम्बन्धी आज्ञा।
  2. आज्ञा; अह्रोट।
  3. सन्देश; खबर।
  4. उपदेश; अर्ती।
  5. गोरखमतानुयायी साधुहरूले नमस्कार गर्दा उच्चारण गर्ने शब्द।
  6. संस्कृत व्याकरणका अनुसार एक वर्णका स्थानमा अर्को वर्ण वा ध्वनि आउने क्रिया; अक्षर परिवर्तन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)