आवेग

ना. [सं.]

  1. कुनै खराब वा असल कामको प्रतिक्रिया तथा प्रभावले अकस्मात् मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति; झोक; मनोविकार।
  2. मानसिक उत्तेजनाको प्रभावले गरिएको काम।
  3. मनको असामान्य अवस्था; चेतनमाथि परेको अचेतनको प्रभुत्व।
  4. उत्पात आदिबाट हुने हडबडी आदिलाई बुझाउने व्यभिचारी भावको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)