इतरेतर

अव्य. [सं.]

  1. परस्पर; एकअर्कामा; आपसमा; आफू आफूमा; अन्योन्य।
  2. द्वन्द्व समासका विभिन्न भेदमध्ये 'यो' र 'त्यो' भन्ने अर्थ बुझाउने एक भेद (राम र लक्ष्मण= राम लक्ष्मण, दाजु र भाइ = दाजुभाइ इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)