उखडा

ना. [उखाड्< सं. उत्खात?]

  1. रैतीका नाउँमा नम्बरी दर्ता नभई जमिनदारले आफ्नो इच्छाअनुसार नगदी वा जिन्सी उठाउन पाउने गरी कमाउन दिने जमिन; रैतीले कमाउने त्यस्तो व्यवस्था भएको जग्गा। (१९८१ सालमा 'क' नं. को फारम खडा गरी जमिनदारले 'उखडा' का नाउँमा दर्ता गरेको यस्तो जग्गा भूमिसुधार ऐन, २०२० लागु भएपछि केही मुआबजा दिएर रैतीका नाउँमा दर्ता गरिएको छ र उखडा उन्मूलन भइसकेको छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)