उग्लनु

अ.क्रि. [सं. उद्गल+नु]

  1. पित्तल, तामा आदि धातुका भाँडामा अमिलो वस्तु परेर नराम्रो दाग बस्नु; उगाल निस्कनु।
  2. सर्वनाश हुनु; निर्मूल हुनु।
  3. नमिल्दो मिश्रण वा यस्तै विकृतिले रङमा विकार देखिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)