उघ्रनु

अ.क्रि. [प्रा. उग्घाड< सं. उद्घाट]

  1. ढोकाको खापा आदि खुलेको हुनु; उघारो हुनु; खुल्नु।
  2. झरी, बादल आदि केही नभई दिन उज्यालो हुनु; आकाशमा बादल फाट्नु।
  3. राम्रो देखिनु; सुहाउनु।
  4. सफा हुनु; कञ्चन देखिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)