उठाउनु
प्रे.क्रि. [उठ्+आउ+नु]
- निद्राबाट जगाउनु; बिउँझाउनु।
- ठाडो पार्नु; ठड्याउनु; उभ्याउनु; खडा गर्नु।
- बसोबास गरेको ठाउँबाट हटाउनु; उठीबास लाउनु।
- आसामीबाट सावाँब्याज आदि लिनु; मोहीबाट कुत, अधियाँ वा हुन्डा आदि लिनु; असुल गर्नु।
- कुनै कामको थालनी गर्नु; काम सुरु गर्नु।
- कामको जिम्मा लिनु; अभिभारा बोक्नु।
- कसैलाई काम गर्ने प्रेरणा दिनु; उत्साहित पार्नु।
- कसैको उन्नतिका लागि धन आदिले मद्दत गर्नु; उद्योगमा लगाउनु।
- उचाल्नु; धाप दिनु; माथि पुर्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)