उडाउनु
प्रे.क्रि.
- उड्न लाउनु; उड्ने पार्नु।
- खिसिटिउरी गर्नु; गिज्याउनु।
- भएनभएको कुरा गाँसेर उराल्नु, फुर्क्याउनु।
- नचाहिँदो किसिमले धनपैसा मास्नु; बेतरिकाले खर्च गर्नु; अपव्यय गर्नु।
- बतासले धुलोमाटो आदि सगरमा लानु।
- नाङ्लो आदि हम्केर बतास लगाई भुस, पगटा आदि हटाउनु।
- कुनै वस्तु थाहा नपाई लानु; चोर्नु।
- कुनै कामकुरो मिलिक्कै सक्नु।
- खानेकुरो फुर्तीसाथ छिटै खानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)