उड्कनु
स.क्रि.
- कुनै विषयका बारेमा दोष देखाउनु वा भाँजी हाल्ने चर्चा गर्नु; अर्काको कमजोरी लगातार कोट्याइरहनु।
- आफूबाट भएगरेका कामकुरा बारम्बार दोहोर्याउनु।
- राम्रो सम्बन्ध भएका व्यक्तिसँग पनि चाहिने-नचाहिने कुरा गरेर बाझ्नु।
- चिल्लो लागेका भाँडाबर्तन आदिलाई फुको भुस वा खरानी दलेर सफा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)