उड्नु

अ.क्रि. [सं. उड्डयन+नु]

  1. चरा आदिले पखेटा चलाएर आकाशमार्गमा घुम्नु।
  2. हवाईजहाज, हेलिकोप्टर, रकेट आदि माथि जानु वा तिनमा बसेर आकाशमार्गद्वारा एक ठाउँबाट अर्को ठाउँमा पुग्नु।
  3. सिद्धिनु; खतम हुनु; नासिनु।
  4. हटाउनु; मेटिनु।
  5. नचाहिँदो किसिमले धनपैसा सकिनु; खर्च हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)