उत्रनु

अ.क्रि. [प्रा. उत्तरण+नु]

  1. धसिएको वा गाडिएको ठाउँबाट बाहिर निस्कनु।
  2. खोला, नदी आदिबाट पार हुनु।
  3. दुःख, पीडा, सङ्कट आदिबाट छुटकारा पाउनु।
  4. झोलिलो पदार्थमा कुनै वस्तु माथि उठेर आउनु; तहरिनु; तर पर्नु।
  5. ऋणबाट मुक्त हुनु; उऋण हुनु; उक्सनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)