उपचार कक्ष
ना.
- डाक्टर, वैद्य, कम्पाउन्डर आदिले व्यक्तिगत रूपमा सेवा गर्न तथा व्यवसाय चलाउन खोलेको उपचार गर्ने कक्ष।
- कुनै संस्था वा निकायले परोपकारका निम्ति निःशुल्क जाँच गर्ने र यथाशक्ति औषधी पनि वितरण गर्ने कक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)