उपनिवेश
ना. [सं.]
- कुनै शक्तिशाली देशले साम्राज्यको विस्तारअन्तर्गत विदेशमा बसालेका खास खास अधिकारबाट वञ्चित वा आंशिक अधिकार मात्र प्राप्त प्रान्त।
- त्यस्तो शक्तिशाली देशले सार्वभौम सत्तासम्पन्न अर्को कुनै पनि देशउपर आधिपत्य जमाउने प्रवृत्ति।
- सामयिक आवासहेतु बनाइएका घरहरूको समूह।
- अन्यत्रबाट आई बसेका समधर्मी जाति वा व्यवसायीहरू वा तिनको सामूहिक बस्ती।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)