उपमा

ना. [सं.]

  1. कुनै एक वस्तुलाई अर्को वस्तुका साथ दाँज्ने वा तुलना गर्ने काम।
  2. दृष्टान्त; उदाहरण।
  3. समान रूप वा गुणको सादृश्य देखाउँदा हुने एक अर्थालङ्कार। (उदा.- चम्पा छन् चन्द्रमाजस्ती हेर्दा अत्यन्त सुन्दरी)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)