उल्लेख
ना. [सं.]
- कुनै कुरा, विचार आदि लेखको रूपमा ल्याउने वा लेख्ने क्रिया।
- लिखत; लेख।
- विवरण; वर्णन; उद्धरण; चर्चा; प्रसङ्ग।
- एउटै व्यक्तिलाई धेरैले अनेक प्रकारका नाताले वा धेरैले एउटै नाताले उल्लेख गरेमा पर्ने एक अर्थालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)