ऋतु
ना. [सं.]
- प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय।
- प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई दुई महिनाका दरले फेरिने वातावरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन (ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त)।
- स्त्रीहरू गर्भधारण गर्न योग्य हुने रजोदर्शनपछिको समय; आइमाई रजस्वला भएको समय।
- आइमाईको मासिक रजःस्रावका चार दिन।
- आइमाईको पर सर्ने वा नछुने हुने क्रिया वा स्थिति।
- कुनै बोट बिरुवा आदिको फल्नेफुल्ने, उपयुक्त तथा निश्चित समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)