ऐनको उल्लेख

ना.

  1. अड्डा वा अदालतबाट कुनै कामकुराका सम्बन्धमा लेखापढी वा निर्णय गर्दा प्रमाणका निम्ति दिइने कानुनी महल, दफा, उपदफा आदिको हुलिया।
  2. फलाना ऐनको फलानो नम्बर (दफा, उपदफा) ले यस्तो भएको र यस्तो हुनुपर्छ भनी देखाइएको ऐनको नजिर; नजिरको उल्लेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)