ओइरनु

स.क्रि. [ओइरो+नु]

  1. चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु।
  2. कल, कोल आदिमा धान, मकै कुट्नपिँध्नका लागि हाल्नु।
  3. रिसले कुनै वस्तु कसैलाई धेरै दिनु।
  4. तरल, धुलो वा दानादार वस्तु ठुलो परिमाणमा पोखिनु वा चुहिनु।
  5. लस्कर लाग्नु।
  6. जाइलाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)